दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि ५ अर्ब नाघ्यो
काठमाडाैंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८.०९ अंकले उकालो लागेर २१४३.९३ मा पुगेको हाे।
कारोबार भएकामध्ये १४७ कम्पनीको शेयर मूल्य बढ्दा कूल एक करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन्।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २.५१ अङ्कले उकालो लागेर ४११.२३ मा पुगेको छ।
नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन्।
पुष २१, २०७९ बिहीबार १७:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।