हत्याको आरोपमा दाङमा दुई वर्षपछि पक्राउ परे एक अभियुक्त

हत्याको आरोपमा दाङमा  दुई वर्षपछि पक्राउ परे एक अभियुक्त

दाङः दाङ प्रहरीले व्यक्ति हत्याको आरोप लागेका एक जना अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरेको छ। घोराही-१ रामपुर वुका निवासी माधव पाण्डेका छोरा निराजन पाण्डेको हत्याको आरोपमा मुख्य योजनाकार भनिएका गोविन्द घर्ती पक्राउ परेका हुन्।

निराजनका बुबा माधवले आफ्नो छोराकाे हत्यामा गोविन्द संलग्न भएको जाहेरी दिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो। उनलाई विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीकाे टोलिले नियन्त्रणमा लिएको हाे।

प्रहरीले गोविन्दसँगै स्थानीय केही युवाहरूलाई पनि नियन्त्रणमा लिएकाे थियाे। तर अनुसन्धान पछि पक्राउ परेका केही युवाहरूलाई भने छाडिएकाे छ। गोविन्दलाई भने घटना बारे थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ। गोविन्द अपराधीक पृष्ठभूमिको रहेकाले उनीमाथि अनुसन्धान जारी राखेकाे प्रहरीले जनाएको छ ।

पुष २१, २०७९ बिहीबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।