पानी नपरेपछि देशैभरकाे प्रदूषण बढ्यो, काठमाडाैं र भक्तपुरकाे हावा सबैभन्दा अस्वस्थकर

पानी नपरेपछि देशैभरकाे प्रदूषण बढ्यो, काठमाडाैं र भक्तपुरकाे हावा सबैभन्दा अस्वस्थकर

काठमाडाैं। केही दिनदेखि काठमाडाैं उपत्यकासहित देशभर प्रदूषण बढेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपरेका कारण देशभर प्रदूषण बढेकाे जनाएकाे छ।

महाशाखाका अनुसार काठमाडाैं र भक्तपुरकाे हावा सबैभन्दा अस्वस्थकर बन्दै गएको छ। पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायु प्रदूषण दिनहुँ बढिरहेको बताइएकाे छ।

हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्यांकअनुसार काठमाडाैंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५३ रहेको छ। यस्तै भक्तपुरको १५४ छ। उपत्यका बाहिर भने सबैभन्दा बढी तुलसीपुरको १०८ र धनकुटाको १०६ रहेको छ। 

एक्यूआई सूचकांक १०० देखि १५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर मानिन्छ। एक्यूआई १५० भन्दामाथि पुग्नु भनेकाे सबैका लागि अस्वस्थकर हाे। सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआई राम्रो हाे।

पुष २१, २०७९ बिहीबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।