अर्थ र राजश्व सचिव फेरिए, तोयम र घिमिरे आए

अर्थ र राजश्व सचिव फेरिए, तोयम र घिमिरे आए

काठमाडौँ : सरकारले अर्थ मन्त्रालयका २ सचिवको सरुवा गरेर आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई ल्याएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगालको सरुवा गरेको हो।

उनीहरूको स्थानमा अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन्। राया उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए। घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।

 

पुष २१, २०७९ बिहीबार १४:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।