सैनिक कारबाहीमा सात विद्रोही मारिए

सैनिक कारबाहीमा सात विद्रोही मारिए

एजेन्सी : अफगान सेनाले बुधबार गरेको सुरक्षा कारबाहीमा सात इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन्।

बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ।

अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध लडाका लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक जना सरकारी अधिकारीले बताए।

बुधबार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताए।

पुष २१, २०७९ बिहीबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।