माघ २५ गते उप–निर्वाचन गर्ने सरकारकाे निर्णय
काठमाडौं : सरकारले राष्ट्रियसभाको उप–निर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तय गरेको हो।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिए पछि राष्ट्रियसभामा एक सिट रिक्त छ।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा निर्वाचन आयोगले उप–निर्वाचन माघ २५ मा गर्न सुझाएको थियो।
पुष २१, २०७९ बिहीबार १३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।