सरकार गठनका लागि आह्वान कर्णाली प्रदेश प्रमुख आह्वान

सरकार गठनका लागि आह्वान कर्णाली प्रदेश प्रमुख आह्वान

काठमाडौं : कर्णाली प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि आह्वान गरेको छ।

प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान भएको हो।

४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद्को समर्थन आवश्यका पर्छ।

यहाँ नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक जना छन्।

अहिले सत्ता साझेदार दलहरूले नै त्यहाँ सरकार बनाउने देखिएकाे छ। एमाले र माओवादी केन्द्र मिल्नेबित्तिकै यहाँ सरकार बनिहाल्छ।

पुष २१, २०७९ बिहीबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।