आज पनि बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो
काठमाडौं : साताको पाँचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ।
यसदिन तोलामा २०० रूपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेपछि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रूपैयाँ कायम हुँदा तेजाबी सुन प्रतितोला १ लाख २ हजार ६०० रूपैयाँमा कारोबार हुनेछ।
यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार पनि चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको थियो। बुधबार चाँदी प्रतितोला १ हजार ४०० रूपैयाँमा किनबेच भएको थियो।
पुष २१, २०७९ बिहीबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।