भारतीय मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक वृद्धकाे मृत्यु
सर्लाही : जिल्लाको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा छन्।
बुधबार साँझ ६ बजे संग्रामपुरस्थित भित्रि सडकखण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय संग्रामपुरले जनाएको छ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पुष २१, २०७९ बिहीबार १०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।