साउदीसँग हारेपछि Where is Messi? भन्ने फ्यान भन्दैछन्– मेस्सी महान् खेलाडी
काठमाडौं : कतारमा सम्पन्न विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भयो।
पराजित भएपछि अर्जेन्टिना र मेस्सीविरुद्ध थुप्रै ट्रोल बन अनि बनाइए। एक साउदी समर्थकले त यतिसम्म गरे कि खेलपछि रंगशालाबा बाहिर आएर टेलिभिजनलाई प्रतिक्रिया दिए–‘ह्वेयर इज मेस्सी? अर्थात् मेस्सी कहाँ छ?’
तर ती फ्यानको खुसी लामो समय टिक्न पाएन। पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया दोस्रो र तेस्रो खेलमा क्रमशः पोल्याण्ड र मेक्सिकोसँग पराजित हुँदै घर फर्कियो।
उता पहिलो खेलमा अप्रत्याशित कार व्यहोरेको अर्जेन्टिनाले भने दोस्रो र तेस्रो खेलमा मेक्सिको र पोल्याण्डलाई पराजित गरेर नकआउट चरणमा प्रवेश गर्यो।
यति मात्र होइन, राउण्ड अफ १६ मा अस्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्याण्ड्स, सेमिफाइनलमा क्रोयसिया र फाइनलमा फ्रान्सलाई पराजित गरेर विश्वकप नै उचाल्यो।
सुरुमा मेस्सीलाई ट्रोल गरेका ती साउदी अरेबियाका युवकलाई पछि मेस्सीका फ्यानले ट्रोल गर्न थाले। अहिले भने उनी मेस्सीलाई महान खेलाडी भन्दै धन्यवाद दिइरहेका छन्।
अहिले उनी एक भिडियो टिकटकमा राखेर ह्वेयर इज मेस्सी नभनी भनिरहेका छन्, ‘गोट कहाँ छ? ती व्यक्ति कहाँ छन् जसले पूरै विश्वलाई आफ्नो काँधमा उठाए र विश्वकप जिते? धन्यवाद मेस्सी’
पहिलो खेलमा उनले भनेको ह्वेयर इज मेस्सीका कारण आज उनी करोडौंमाझ परिचित भएका छन्। उनको सामाजिक सञ्जाला लाखौंले फलो गरेका छन्।
@alayyadah Finally I found the GOAT 🤍#عبدالله_العيادة #where_is_messi ♬ Arhbo [Music from the FIFA World Cup Qatar 2022 Official Soundtrack] - Ozuna & GIMS & RedOne
पुष २१, २०७९ बिहीबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।