छ पटक मतदान हुँदासमेत अमेरिकी सदनले चुन्न सकेन सभामुख

छ पटक मतदान हुँदासमेत अमेरिकी सदनले चुन्न सकेन सभामुख

एजेन्सी : अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बुधबार ६ पटक मतदान भए पनि सभामुख चयन हुन सकेन।

रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवार छन्। मंगलबारदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि उनले बहुमत ल्याउन नसकेका हुन्।

अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखविना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो। बिहीबार सातौं पटक सभामुख पदका लागि संसदमा मतदान हुनेछ।

सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचन भोटिङमा हुन नसकेपछि यस्तो भएको हो।

किन जित्न सकिरहेका छैनन् म्याकार्थी?
नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो।

सो समयको अन्तरिम संविधानअनुसार जित्नका लागि ६०१ सभासद्मध्ये ४०२ मत ल्याउनु आवश्यक थियो। सो अनुसार ती प्रसतावको टुंगो नलागे सम्म तीनलाई मतदान गराइरहनुपर्थ्यो। यसरी मतदान गराउँदा १७ पटकसम्म पौडेल पराजित भएका थिए।

अब लागौं खास कुरातर्फ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बुधबार ६ पटक मतदान भए पनि सभामुख चयन हुन सकेन।

रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवार छन्। मङ्गलबारदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि उनले बहुमत ल्याउन सकेनन्।

 

आफ्नै पार्टीभित्र विरोधको सामना गरिरहेकाले म्याकार्थीका लाथि जित असहज बनिरहेको छ। उनलाई विजयी हुन २१८ मत आवश्यक थियो भने रिपब्लिकन पार्टीसँग २२२ सिट थियो। पार्टीका करिब २० सांसद्ले उनको विपक्षमा परेका छन्।

एक रिपब्लिकन लबीस्टले भने, ‘म्याकार्थीले केही समूहहरूमा साथी बनाएका छैनन्। उनले धेरै शत्रु बनाए। राजनीतिक र व्यक्तिगत कारणले उनलाई धेरैले मन पराउँदैनन्।’

६ पटक मतदान गरेपछि क्यालिफोर्नियाका सांसद् म्याकार्थीले कुनै सम्झौता नभएको र दोस्रो मतदान गर्नुको कुनै अर्थ नभएको बताए।

उनले भने, ‘मलाई लाग्छ सांसद्हरूले यसमा अलि बढि काम गर्नुपर्छ। आज रातिको मतदानले केही फरक पार्दैन, तर पछि हुने मतदानले परिणाम ल्याउन सक्छ।’

पुष २१, २०७९ बिहीबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।