सेन्सरमा ‘पठान’ १० ठाउँमा फेरबदल, 'बेशर्म रंग' गीतमा मात्रै तीन सट काटियाे
एजेन्सी : सुरुदेखि नै विवादित बनेका बलिउड फिल्म ‘पठान’को सेन्सरमा १० स्थानमा काटिएको छ।
सेन्ट्रल बोर्ड अफ फिल्क सर्टिफिकेशनका अध्यक्ष प्रसुन जोशीले फिल्मको १० स्थानमा काटिएको पुष्टि गरेकाे बलिउडहंगामाले जनाएकाे छ।जसमध्ये अधिकांश संवाद छन्।
दुई ठाउँमा सन्दर्भ अनुसार ‘रअ’ शब्दको सट्टा ‘हमरे’ राखिएको छ। ‘लङ्डेलुले’को स्थानमा ‘टुटेफुटे’ राखिँदा १३ ठाउँबाट ‘पीएमओ’ शब्द हटाइएको छ। ‘प्रधानमन्त्री’ शब्दको सट्टा राष्ट्रपति वा मन्त्री राखिएको छ।
यस्तै, ‘अशोक चक्र’को सट्टा ‘वीर पुरस्कार’, ‘भूतपूर्व केजीबी’को स्थानमा ‘पूर्व एसबीयू’ र ‘श्रीमती भारतमाता’ शब्द हटाएर ‘हमारी भारतमाता’ राखिएको जोशीले बताए।
‘इसे सस्ती स्कच नही मिली’ संवादमा ‘स्कच’को सट्टा ‘ड्रिंक’ राखिएको छ भने ‘ब्ल्याक प्रिजन, रसिया’को स्थानमा ‘ब्ल्याक प्रिजन’ मात्र लेखिएको छ।
त्यसैगरी, ‘बेशर्म रंग’ गीतमा पनि तीन परिवर्तन गरिएको छ। नितम्बको क्लोज अप शट, ‘साइड पोज (आंशिक नग्नता)’ शटहरू र ‘बहुत तंग किया’ गीतको समयमा देखिएका कामुक नृत्यका दृश्यहरू हटाइयो।
कटलिस्टमा नायिका दीपिका पादुकोणले लगाएको सुन्तला रङको स्वीमसुट परिवर्तन गर्न लगायो भन्नेबारे भने उल्लेख गरिएको छैन। उक्त रङकै कारण भारतमा फिल्मलाई लिएर हंगामा भएको थियो।
सेन्सरले यी सिनहरू कटौती गरेपछि फिल्मलाई युए सर्टिफिकेट दिएको छ। फिल्म १४६ मिनेट लामो छ।
आदित्य चोपडाको यशराज फिल्म्सद्वारा निर्मित, पठानमा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमले अभिनय गरेका छन्।
पुष २१, २०७९ बिहीबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।