मान्छेबाट ब्वाँसो बन्न लाग्यो ५० दिन

मान्छेबाट ब्वाँसो बन्न लाग्यो ५० दिन

एजेन्सीः संसारमा मानिसले आफ्नो सोख पूरा गर्न अनेक थोक गर्ने गर्छन्। यदि त्याे सोख आम मानिसको सोखभन्दा फरक छ भने त्यो चर्चाको विषय बन्ने गर्छ।

यस्तै जापानका एक व्यक्तिलाई बाल्यकालदेखि नै एउटा अचम्मकाे सोख थियो, मान्छेबाट ब्वाँसो बन्ने। जसका लागि उनले ३० लाख येन अर्थात् करिब १८.५ लाख रुपैयाँ खर्च गर्नु परेको थियो।

धेरै पटक हामी जनावरहरूले मानिसको नक्कल गरेको देख्छौं। तर मानिसले जनावरको नक्कल गर्न थालेपछि के भनौं। मानिसबाट ब्वाँसोको रुपमा रुप परिवर्तन गर्ने व्यक्तिले आफूलाई सानैदेखि जनावरप्रतिको माया रहेको बताए।

टिभीमा जनावरका बारेकाे सुट हेरिरहँदा उनमा ब्वाँसाहरू प्रति विशेष लगाव भयो। यस्तैमा उनले एकदिन ब्वाँसाेकाे जस्ताे लुक्स बनाउने सपना देखेका थिए।

यसपछि ती व्यक्तिले जेपेट नामक कम्पनीबाट ब्वाँसाेकाे जस्ताे लुक्स बनाइएको विशेष पोशाक पाए। जसलाई विशेष सुविधासहित ५० दिन लगाएर तयार पारिएको थियो।

जेपेट कम्पनीलाई ब्वाँसोको पोशाक बनाउन अर्डर दिनुअघि उनले ब्वाँसोको वास्तविक छविहरू नजिकबाट जाँचेका थिए। पकेट भाइब्रेसनबाट बनाइएको पोशाक लिन ती व्यक्तिले ३० लाख येन अर्थात् १८ लाख ५० हजार रुपैयाँ खर्च गरे।

उक्त पहिरन लगाएपछि आफूलाई ऐनामा हेर्दा आफै छक्क परेको उनले बताए। वास्तवमा यो उनको लागि ठूलो सपना जस्तै थियो। उनले पूरै सुट आफूले सोचे जस्तै देखिएको बताए। लुक्स सही थियो तर एउटा कमजोरी यो थियो कि यो एक वास्तविक ब्वाँसो जस्तै आफ्नो पछाडिको खुट्टामा हिंड्न सक्दैनथ्याे।

यसअघि जेपेटले कुकुरको पोशाक पनि बनाएकाे थियाे। यो कम्पनीले टोको नामक ग्राहकका लागि तयार पारेको हो। जसमा १२ लाखभन्दा बढी खर्च भएको छ। टोकोले यो पोशाक आफ्नो साैखको लागि मात्र लगाउने गर्छन्।

पुष २०, २०७९ बुधबार २१:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।