दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयकाे परिपत्र

दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयकाे परिपत्र
तस्बिरः गाेरखापत्र

काठमाडाैंः सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी याे निर्देशन दिएको हाे।

गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न परिपत्र जारी गरेकाे जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिनेछ।

पुष २०, २०७९ बुधबार २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।