अवसर केन्द्रित सत्तारुढ गठबन्धनकाे आयु लामाे छैनः कांग्रेस प्रवक्ता महत
काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हालकाे सत्तारुढ गठबन्धन अवसर केन्द्रित रहेकाे र यसकाे आयु धेरै लामाे नरहेकाे बताएका छन्। बुधबार कांग्रेसले गरेको पत्रकार सम्मेलनमा उनले यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन भएकाे बताए।
उनले भने, ‘अहिलेको गठबन्धन अवसर केन्द्रित गठबन्धन हो। एकातर्फ राजावादी र अर्कातर्फ राजतन्त्र हुन्न भन्ने, संघीयता चाहिन्छ भन्ने र संघीयताविरोधी, यस्ता विभिन्न फरक प्रकृतिका पार्टी मिलेर याे गठबन्धन बनेको छ।’
‘यस गठबन्धनकाे चाहाना नै पद हाे,’ उनले थपे, ‘गठबन्धनको आयु छोटिने सम्भवाना देखेका छौं।’ साथै, उनले पुरानाे गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको कुनै दोष नभएको पनि बताएका छन्।
पुष २०, २०७९ बुधबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।