प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारमा सहभागिताका बारेमा छलफल

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारमा सहभागिताका बारेमा छलफल

काठमाडाैं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएकाे भेटमा एकीकृत समाजवादी सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको स्राेतले जनाएकाे छ।

त्यसैगरी, प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच विश्वासको मत बारे पनि छलफल भएको बताइएको छ। नेपाललाई पार्टी भित्रबाट सरकारमा सहभागी हुनका लागि दबाब आइरहेको बताइन्छ।

एकीकृत समाजवादी र कांग्रेस लगायतका दलसँगकाे गठबन्धन त्यागेर प्रचण्ड एमाले लगायतका दलसँग सहकार्य गर्दै प्रधानमन्त्री बनेका थिए। तर पनि प्रचण्ड एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउनका लागि सकारात्मक रहेकाे देखिएकाे छ।

पुष २०, २०७९ बुधबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।