चिसोबाट बच्न आगो ताप्नुस भन्दै कञ्चनपुरका स्थानीय तहले बाँडे काठका मुढा
कञ्चनपुरः शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न कञ्चनपुरका स्थानीय तहले काठका मुढा बाँडेका छन्। चिसोबाट बच्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका हुन्।
सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन्।चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ।
चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताए।
साउदका अनुसार निकुञ्ज कार्यालयसँग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएकाे हाे। त्यसैगरी, ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलब्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् ।
पुष २०, २०७९ बुधबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।