आईएमई पेबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक
काठमाडौं : आईएमई लाइफ इन्सोरेन्सले आईएमई पेबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक दिने भएको छ।
दुई कम्पनीबीच यस्तो सम्झौता भएसँगै कार्यन्वयनमा आएको हो। सम्झौतापछि आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्ने ग्राहकहरूलाई प्रोत्साहन मिल्ने बताए।
सम्झौतापछि इन्स्योरेन्सका प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रूपैयाँ बोनस तुरुन्तै प्राप्त गर्न सक्नेछन्।
पुष २०, २०७९ बुधबार १३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।