सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान, २७ सांसद् पुर्‍याएर २७ गते पेश गर्नुपर्ने

सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान, २७ सांसद् पुर्‍याएर २७ गते पेश गर्नुपर्ने

काठमाडौं : सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जोशीले सरकार गठको आह्वान गरेका हुन्।

मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ।

यहाँ कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्।

पुष २०, २०७९ बुधबार १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।