काठमाडौंलाई १०२ रनले हराउँदा नेपाल टी–२०मा लुम्बिनीको आठौं जित
काठमाडौं : काठमाडौं नाइट्सलाई १०२ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले आठौं जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित १७ ओभरमा लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा अलआउट हुँदै ८१ रनमा सीमित भयो।
काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बम समान १५ रनमा आउट हुँदा कमलसिंह ऐरीले १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका इशान पाण्डे कुशल भुर्तेल र ह्यारि टेक्टरले समान दुई विकेट लिए। किशोर महतो विपुल शर्मा, हर्मितसिंहले समान एक÷एक विकेट लिए।
पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि हर्मितसिंहले सर्वाधिक ७० रनको आक्रमक इनिङ खेले। उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे। लाहिरु मिलन्थाले २६ रन जोड्दा गुलसन झाले २१ रन योगदान गरे। कुशल भुर्तेल १५ र ह्यारि टेक्टर १७ रन बनाउँदा अनिल शाह १६ रनमा अविजित रहे।
काठमाडौंका अविनाश बोहरा तीन तथा वसिर अहमद दुई र अनिल खरेलले एक विकेट लिए।
९ खेलबाट ८ जित र एक हारको नतिजा निकालेको लुम्बिनी १६ अंकसहित शीर्षस्थानमा छ। काठमाडौंको ८ खेलमा समान ४ जित र ४ हारसहति ८ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ।
पुष २०, २०७९ बुधबार १२:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।