मेस्सीले अब तोड्नसक्छन् राेनाल्डाेका यी पाँच रेकर्ड
एजेन्सी : क्रिस्टियानो रोनाल्डोको साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्ध भएसँगै लियोनल मेस्सीलाई युरोपेली फुटबलमा आफ्ना पुराना प्रतिद्वन्द्वीका केही गौरवशाली रेकर्डहरू तोड्ने मौका मिलेको छ।
म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टससँगको आफ्नो कार्यकालमा, रोनाल्डोले आफूलाई सबैभन्दा उत्कृष्ट गोलकर्ताको रूपमा स्थापित गरे। तर युरोपेली खेलको शीर्षस्तरबाट बाहिरिएसँगै उनका केही रेकर्डहरू धेरै लामो समयसम्म टिक्न नसकने देखिएका छन्।
३५ वर्षीय लियोनेल मेस्सीले कतार २०२२ मा देखाएको प्रदर्शनपछि आफू अझै केही वर्ष फुटबल खेल्ने धारणा बनाइसकेका छन्। यदि उनी अझै केही वर्ष युरोपमा रहे भने उनले रोनाल्डोको रेकर्ड तोडेर नयाँ रेकर्ड स्थापित गर्न सक्छन्।
१. युरोपको शीर्ष पाँच लिगमा गोलः युरोपका उत्कृष्ट पाँच लिगमा क्रिस्टियानो रोनाल्डोले बनाएको सर्वाधिक गोलकर्ताको रेकर्ड मेस्सीले तोड्नसक्ने देखिएको छ। तर, समयअघि नै म्यान्चेस्टर युनाइटेड छाडेपछि रोनाल्डोलाई युरोपको शीर्ष पाँच लिगको ५०० अंक पुग्ने मौकाबाट वञ्चित गराइएको छ। पोर्चुगिज स्टार हाल ४९५ अंकमा हुँदा मेस्सी उनीभन्दा ८ अंकले मात्र पछाडि छन्।
२. युरोपेली क्लब फुटबलमा गोलः सबै प्रतियोगिताहरूसहित रोनाल्डोले कुल ७०१ क्लब गोल गरेका छन्। रियल म्याड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि १४५, युभेन्टसका लागि १०१ र स्पोर्टिङका लागि पाँच गोल उनले गरेका छन्। मेस्सी भने जम्मा ६ गोलले मात्रै पछाडि छन्। ६९५ गोल गरेका उनले बार्सिलोनाका लागि ६७३ र पीएसजीका लागि २३ गोल गरेका छन्।
३. च्याम्पियन्स लिगमा गोलः रोनाल्डोले च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढि १४० गोलसहित पहिलो स्थानमा छन्। कुनै समय मेस्सी उनीभन्दा अगाडि थिए तर अहिले उनी ११ गोलले पछाडि छन्।
४. च्याम्पियन्स लिगमा असिस्टः आफ्नो करिअरभर मेस्सीले रोनाल्डोले भन्दा १ सयभन्दा बढि असिस्ट गरिसकेका छन्। तर च्याम्पियन्स लिगको असिस्टमा भने मेस्सी रोनाल्डोभन्दा १ असिस्टले पछाडि छन्। रोनाल्डोले लिगमा ४१ असिस्ट गर्दा मेस्सीले ४० गोलमा असिस्ट गरेका छन्।
५.अन्तर्राष्ट्रिय गोलः रोनाल्डो पोर्चुगलका लागि ११८ गोलसहित फुटबलको इतिहासमा सबै समयको शीर्ष गोलकर्ता हुन्। फर्नान्डो सान्तोसलाई टिमको मुख्य प्रशिक्षबाट हट्ने वा नहट्ने अन्योलका बीच रोनाल्डोले यो गोल संख्या बढाउँछन् वा बढाउँदैनन् भन्ने अन्योल पनि कायमै रहने देखिन्छ।
उता, अर्जेन्टिनाका लागि सबैभन्दा प्रतिष्ठित ट्रफी फिफा विश्वकप जितेपछि मेस्सीले आफू विश्वकप विजेताको रूपमा खेल्ने बताएका थिए। अर्जेन्टिनाका लागि ९८ गोल गरेका उनी रोनाल्डोभन्दा २० गोलले पछि छन्।
२० गोल भनेको सानो संख्या होइन। तर जब मेस्सीले २०२२ को अल्बिसेलेस्टेमा १४ खेलमा १८ गोल गरेकाले पनि रोनाल्डोको रेकर्ड तोड्न सक्ने आँकलन गर्न सकिन्छ।
पुष २०, २०७९ बुधबार १२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।