एउटा सूचना स्पस्ट पार्न राहदानी विभागको अर्को सूचना– ‘अरु सेवा नियमित छ, वितरणमा मात्रै ढिलाइ’

एउटा सूचना स्पस्ट पार्न राहदानी विभागको अर्को सूचना– ‘अरु सेवा नियमित छ, वितरणमा मात्रै ढिलाइ’

काठमाडौं : राहदानी विभागले राहदानी सेवा अनिश्चितकालको लागि अवरुद्ध नभएको स्पष्ट पारेको छ।

मंगलबार अबेर एक सूचना निकालेर विभागले विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नियोगहरूमा सबै काम नियमित तवरले सञ्चालन भइरहेको जनाएको हो।

मंगलबार विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध भएको जनाएको थियो। सोही सूचनालाई थप प्रस्ट पार्न बेलुका सूचना निकाल्न परेको थियो।

विभागले अपोइन्टमेन्ट लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु गर्ने, राजश्व दाखिला गर्ने र लाइभ इनरोलमेन्ट गर्ने सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेको प्रस्ट पारेको हो।

सम्पूर्ण सिस्टमको एउटा कम्पोनेन्ट भ्यालिडेसनमा प्राविधिक समस्याका कारण डेटा प्रोसेससमा सुस्तता देखिएकाले राहदानी वितरणमा मात्र केही ढिलाइ हुने भएको विभागका प्रवक्ता दुरापढा सापकोटाले जानकारी दिइन्।

साथै विभागले राहदानी तयार भएको एसएमएस वा नेपाल इपासपोर्ट एपमार्फत जानकारी गराइने भएकाले सो जानकारी पछि मात्र विभागमा आउन सेवाग्राहीलाई आग्रह गरेको छ।

पुष २०, २०७९ बुधबार १०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।