चीनमा सम्पन्न ईसीआई अवार्डमा आउटरिच नेपाललाई दुई काँस्य
काठमाडौं : विज्ञापन एजेन्सी आउटरिच नेपालले चीनमा सम्पन्न ईसीआई अवार्ड्समा दुईवटा काँस्य पुरस्कार जितेको छ।
आउटरिचले प्रोडक्ट एण्ड मोडल इन्नोभेसन र मार्केटिङ इन्नोभेसन गरी दुई विधामा काँस्य पुरस्कार जितेको हो।
ग्लोबल ईसीआई अवार्डको विजेताहरूको घोषणा ३० डिसेम्बर, २०२२मा गरिएको थियो।
समारोहमा अवार्ड्सका अध्यक्ष लिजुआनजियाले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरूलाई भौतिक रूपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नुपरेको बताए।
ईसीआई अवार्ड नव प्रवर्द्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्व स्तरीय अवार्ड हो।
पुष २०, २०७९ बुधबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।