बसबाट झरेपछि पछाडिको टायरले किचेर वृद्धाको मृत्यु
काठमाडौं : अर्घाखाँचीमा आफैँ चढेको बसको पछाडिको टायरले किच्दा एक वृद्धाको मृत्यु भएको छ।
शितगंगा नगरपालिका–१४ हडाहामा मंगलबार साँझ साढे ६ बजे बसले किचेर स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराईको मृत्यु भएको हो।
कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो।
कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे उनको मृत्यु भएको हो।
दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुष २०, २०७९ बुधबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।