हिजाबविना चेस खेलेपछि इरानी खेलाडी सारा खादिमलाई धम्की
एजेन्सी : इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै धम्की आएको छ।
समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
साराले गत हप्ता कजाकिस्तानमा भएको विश्व र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा हिजाब नलगाई भाग लिएकी थिइन्।
स्रोतका अनुसार सारालाई यसअघि पनि धेरै फोन आएको थियो। फोनमा उनलाई स्वदेश फर्किन चेतावनी दिइएको थियो।
इरानमा रहेका साराका आमाबुवा र आफन्तलाई समेत धम्की आइरहेको छ।
इरानको विदेश मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
यद्यपि सारा मंगलबार स्पेन पुगेकी छिन्। उनले यस विषयमा केही भन्न अस्वीकार गरेकी छन्।
पुष २०, २०७९ बुधबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।