क्यानडामा आप्रवासीलाई घर खरीदमा प्रतिबन्ध

क्यानडामा आप्रवासीलाई घर खरीदमा प्रतिबन्ध

एजेन्सी : क्यानडा सरकारले आप्रवासीलाई घर खरीदमा दुई वर्षको प्रतिबन्ध लगाइएको छ।

अत्यधिक महंगाे र सामान्य मानिसले खरीद गर्नै नसकिने आवास बजारलाई सहज बनाउन यस्ताे प्रतिबन्ध लगाइएको सरकारी निकायहरूले जनाएका छन्।

यस गर्मीमा, क्यानाडामा घरको औसत मूल्य ५ लाख ६८ हजार अमेरिकी डलर अर्थात् ७ करोड ५१ लाख रूपैयाँ छ। यो करपछिको औसत घरायसी आयको ११ गुणा बढि हो।

प्रतिबन्धसँगै यसकाे पक्ष र विपक्षमा आवाजहरू तीव्र भएका छन्। याे निर्णयले क्यानाडाको आवास बजारमा कस्तो प्रभाव पार्छ भन्ने एकीन नगरी सरकारले प्रतिबन्ध लगाएकाे आलाेचकहरूकाे तर्क छ।

घरको मूल्य उच्च रहेको ओन्टारियो र ब्रिटिश कोलम्बिया राज्यमा ६ प्रतिशतभन्दा कम गैर–क्यानडेली नागरिकहरू घरका मालिक छन्।

१ जनवरीदेखि लगाइएको प्रतिबन्धले क्यानाडाली नागरिक वा स्थायी बासिन्दा नभएका मानिसहरूलाई आवासीय सम्पत्तिहरू खरीद गर्न निषेध गर्दछ। नियम उल्लंघन गर्नेलाई १० हजार क्यानेडियन डलर अर्थात् ९ लाख ७० हजार रूपैयाँ जरिवाना तिराउँछ।

डिसेम्बरको अन्त्यमा (प्रतिबन्ध लागू हुनुभन्दा ११ दिन अघि) क्यानाडा सरकारले कम्तिमा पाँच वर्षदेखि देशमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी, शरणार्थी र अस्थायी कार्य अनुमति भएका व्यक्तिहरूलाई नियमनमा केही छुट दिएकाे भने छ।

संघीय आवास मन्त्री अहमद हुसेनले एक विज्ञप्तिमा भनेका छन्, ‘प्रतिबन्धको मुख्य उदेश्य घरहरूलाई बस्न र परिवार हुर्काउने ठाउँको सट्टा वस्तुको रूपमा हेर्नबाट निरुत्साहित गर्नु हो। यस कानूनमार्फत, हामी घरहरू क्यानाडालीहरूको स्वामित्वमा छ भन्ने सुनिश्चित गर्न चाहन्छौं।’

सन् २०२२ मा क्यानाडामा घरको मूल्य केही घटेको भए पनि एक दशक अघिको तुलनामा धेरै उच्च रहेको छ। अहिले घरको मूल्य गत वर्ष २०१३ को तुलनामा ४८ प्रतिशतले बढेको छ। त्यतिबेला घरको औसत मूल्य ५ लाख २२ हजार क्यानेडियन डलर अर्थात् ५ करोड ६ लाख ९३ हजार रूपैयाँ थियो।

पुष २०, २०७९ बुधबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।