मौसम विभाले निकाल्यो विशेष बुलेटिन, दुई दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौं : जल तथा मौमम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। देशका तराई क्षेत्रमा शीतलहर बढेसँगै महाशाखाले विशेष बुलेटिन निकालेको हो।
बुलेटिनमा विगत तीन दिनदेखि नेपालका तराई भू–भागमादिनभरि हुस्सु र कुहिरो लाग्ने र अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियस भन्दा बढिले घटेको उल्लेख गरिएको छ।
महाशाखाले नेपालगंजदेखि पूर्व जनकपुर सम्म मन्द शीतलहर भएको र यो अझै दुई दिनसम्म कायम भएर मध्यम शीतलहर हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
यसबाहेक नेपालगञ्जभन्दा पश्चिममा र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढ्न गई बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले २ दिनसम्म चिसोबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।,
महाशाखाले माथि उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने भनेको छ।
पुष २०, २०७९ बुधबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।