‘युरोपमा मेरो भूमिका सकियो, अब एसियाको पालो’
काठमाडौं : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा आफ्नो भूमिका सम्पन्न भएको बताएका छन्।
साउदी अरेबियामा अल–नासर फ्यानहरूलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए।
‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरूका लागि खेलेँ र मेरो लागि यो नयाँ चुनौती हो।’
रोनाल्डोले साउदी अरेबिया आउनु करिअरको अन्त्य नभएको भन्दै एसियाका लागि आफ्नो अनुभव बाँड्ने सही समय भएको बताए।
‘साउदी अरेबिया आउनु मेरो करियरको अन्त्य होइन, म परिवर्तन गर्न चाहन्छु। त्यसैले म मानिसहरूले के भन्छन् भन्ने चिन्ता गर्दिन,’ उनले थपे, ‘मलाई लाग्छ कि एसियामा मेरो अनुभव शेयर गर्न यो नै सही समय हो।’
अल नासिर क्लबमा आबद्ध हुनुअघि आफूलाई थुप्रै क्लबहरूबाट अफर आएको उनले बताए। आफूलाई अमेरिका, ब्राजिल, अस्ट्रेलिया र पोर्चुगलकै पनि धेरै क्लबहरूले आफूलाई अनुबन्ध गर्ने प्रयास गरेको खुलासा गरे।
मंगलबार विहान साउदी अरेबिया पुगेका रोनाल्डोले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब ३६ करोड रूपैयाँ)को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासर क्लबसँगै रहनेछन्।
पुष २०, २०७९ बुधबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।