पार्टीका नेता तथा कार्यकर्तालाई माधव नेपालकाे निर्देशनः नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न गर्नुस्
काठमाडाैंः एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आज (मंगलबार) सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी अनुशासन विपरीत काम नगर्न पार्टीका सदस्यलाई सचेत गराएका हुन्।
उनले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको आलोचना गर्ने, अरुको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्ने जस्ता काम नगर्न निर्देशन दिए।
अध्यक्ष नपालले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित हुनै नसक्ने उल्लेख गरे।
पुष १९, २०७९ मंगलबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।