गाेरखाकाे चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोडमा ३ करोड ४० लाखको क्षति भएकाे आकलन

गाेरखाकाे चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोडमा ३ करोड ४० लाखको क्षति भएकाे आकलन
तस्बिरः सुदेश तिमल्सिनाकाे फेसबुक

काठमाडौं। गोरखाको चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोड र आगजनीबाट ३ करोड ४० लाखको क्षति भएकाे आकलन गरिएकाे छ। जलविद्युत निर्माण गर्दा नहरमा पानी नजाने भन्दै स्थानीयले गत मंसिर २४ गते आयोजना स्थलमा तोडफोड र आगजनी गरेका थिए।

ताेडफाेडकाे घटनामा एक्स्काभेटर, सिमेन्टसहितका ट्रक लगायत भाैतिक संरचनामा पनि क्षति पुगेकाे थियाे। २०८० साउन भित्र निर्माण सकेर जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो।

ताेडफाेडपछि हाल आयोजनाको काम ठप्प छ।

 

 

 

 

 

 

 

पुष १९, २०७९ मंगलबार २१:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।