कहाँ पाइन्छ एक किलोकै ८० हजार पर्ने आलु?

कहाँ पाइन्छ एक किलोकै ८० हजार पर्ने आलु?

एजेन्सीः तरकारी भन्ने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आउँछ, आलु। तरकारीकाे राजा भनेर चिनिने आलु सबैजसो आर्थिक हैसियत भएका मानिसले किनेर खानसक्ने खाद्यवस्तु हो। सिजनका बेला आलुको भाउ निक्कै घट्ने पनि गर्छ।

तर सर्वसुलभ रुपमा पाइने आलुको पनि संसारमा यस्तो प्रजाति छ, जसको एक किलोकै मूल्य ८० हजार रुपैयाँ पर्छ। संसारकै महँगो यो आलुको नाम ले बोनोट्टे। यो आलु फ्रान्समा पाइन्छ।

फ्रान्सको इले डी नोइरमाउटिएर टापुमा फलाइने यो आलुको खेती गर्न एक विशेष खालको बलौटे माटोको प्रयोग हुन्छ। साथै आलुबारीमा सामुद्रिक झारलाई मलको रुपमा प्रयोग गरिन्छ। यो आलुको खेती केवल ५० वर्गमिटरको जमिनमा हुने गर्छ।

यति धेरै महँगो यो आलु बजारमा वर्षको केवल १० दिन मात्र किन्न पाइन्छ। यो आलुलाई विशेषगरी सलाद तथा सुप बनाउन प्रयोग गरिन्छ। यति मात्र नभएर यो आलु विभिन्न खालका रोगमा घरेलु उपचारमा पनि प्रयोग हुन्छ।

पुष १९, २०७९ मंगलबार २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।