यातायात मन्त्री श्रेष्ठकाे निर्देशन- एक महिनाभित्र सडकका खाल्डा पुर्नु
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरकाे सडकका खाल्डाहरू १ महिना भित्र पुर्न निर्देशन दिएका छन्। मंगलबार मन्त्रालयमा आयोजित सडक विभागको कार्यक्रममा श्रेष्ठले उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिर १ महिना भित्र याे काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
कार्यक्रममा उनले निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प नरहेकाे बताउँदै समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर काम गर्न पनि निर्देशन दिएका छन्।
पुष १९, २०७९ मंगलबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।