सम्मानजनक सिट पाए जसपा सरकारमा जाने, नत्र बाहिरै बसेर सराकारलाई समर्थन
काठमाडाैंः सिट बाँडफाँडमा सम्मानजनक स्थान दिएमा जनता समाजवादी पार्टीले सरकारमा जाने निर्णय गरेको छ।जसपाको राजनीतिक समितिको मंगलबार सम्पन्न बैठकले उक्त निर्णय गरेकाे हाे।
दुई दिनसम्म चलेको समितिको बैठकले पद बाँडफाँडमा सहमति नभए बाहिरबाटै सरकारकाे समर्थन गर्ने समेत निर्णय गरेकाे छ। मंगलबार सम्पन्न बैठकले अन्य राजनीतिक दलसँग सहकार्य र गठबन्धनका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ।
पुष १९, २०७९ मंगलबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।