प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली, सरकारलाई पूर्णता दिने विषयमा छलफल

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली, सरकारलाई पूर्णता दिने विषयमा छलफल

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएकाे छ।

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार भेटमा प्रचण्डले विश्वासको मत लिने तयारीका विषयमा पनि छलफल गरेका छन्। पुस ११ गते प्रधानमन्त्रीकाे शपथ लिएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका छन्।

पुष १९, २०७९ मंगलबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।