सर्वाधिक सफल टिम मनाङ आहा रारा गोल्डकपबाट बाहिरियाे, अमेरिकी क्लब बीवाईएससी सेमीफाइनलमा
पोखराः प्रतियाेगितकाे सर्वाधिक सफल टिम मनाङ मर्स्याङ्दी क्लब आफ्नाे पहिलाे खेल नै हार्दै आहा रारा गोल्डकपबाट बाहिरिएकाे छ। मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै अमेरिकी टिम, भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) भने सेमीफाइनलमा प्रवेश गरेकाे हाे।
पोखरामा जारी २२ औं आहा रारा गोल्डकपको मंगलबार भएको क्वाटरफाइनल खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले डीबक्स एरियाबाट बल रिसिभ गर्दै गोल गरेका हुन्।
याे एक गोल नै मनाङलाई हराउन निर्णायक बन्यो। दोस्रो हाफको खेलमा सुधार गर्दै मैदानमा उत्रिए पनि मनाङले नतिजा आफ्नो पक्षमा पार्न सकेन।
मनाङले ६ पटक आहा रारा गोल्डकपकाे उपाधि जितेकाे छ भने ६ पटक उपविजेता बनेकाे रेकर्ड छ।
पुष १९, २०७९ मंगलबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।