लुम्बिनी प्राविधिक विश्वविद्यालयकाे बोर्ड सदस्यमा नारायण भुसाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयकाे बोर्ड सदस्यमा नारायण भुसाल नियुक्त

बुटवलः लुम्बिनी प्राविधिक विश्वविद्यालयकाे बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाल नियुक्त भएका छन्। मुख्यमन्त्री कुलप्रसाद केसीले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका भुसाललाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।

यस विश्वविद्यालयको कुलपतिमा मुख्यमन्त्री र उपकुलपतिमा शिक्षामन्त्री रहने व्यवस्था रहेको छ। मंसिर २९ गतेकाे कुलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको हो। लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजना मध्ये यो पनि प्रमुखताका साथ राखिएको आयोजना हाे।

विश्वविद्यालय संचालनका लागि यसै वर्ष उपकुलपतिमा रुपन्देहीका विनोद ढकाल तथा रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरिएकाे थियाे। विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरामा स्थापना गरिएको छ ।

पुष १९, २०७९ मंगलबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।