नेप्सेमा सामान्य गिरावट, काराेबार रकम भने बढ्याे
काठमाडाैंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्सेमा मंगलबार सामान्य गिरावट आएकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक ३.०३ अंकले ओरालो लागेर २०६०.०६ अंकामा झरेको छ।
साेमबार २ अर्ब ९६ करोडमा झरेको काराेबार रकम भने मंगलबार बढेर ३ अर्ब ४५ करोड ८० लाख ९० हजार पुगेको छ। आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३९ अंकले घटेर ३९४.६२ मा सीमित भयाे।
मंगलबार कारोबार भएकामध्ये १०७ कम्पनीको शेयर मूल्य बढेको छ। कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्याे। उक्त कम्पनीको ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ रुपाैयाँ बराबरको कारोबार भयो।
आज विभिन्न चार कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा श्वेत गंगा हाइड्रोपावर,धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्स रहेका छन्।
पुष १९, २०७९ मंगलबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।