माया र प्रेमले गरे सांसदकाे शपथ ग्रहण

माया र प्रेमले गरे सांसदकाे शपथ ग्रहण

काठमाडाैंः प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले  शपथ ग्रहण गरेका छन्। आज (मंगलबार) दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरासँग उनीहरूले शपथ लिएका हुन्।

अन्य सांसदहरूले पुस ७ गते नै शपथ लिएका थिए। आले र राई भने उक्त दिन अनुपस्थित थिए। आले मातृशोकमा थिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन्।

पुष १९, २०७९ मंगलबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।