विदेशबाट फर्कने नेपालीलाई दुईवटा मोबाइल ल्याउन दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीकाे निर्देशन
काठमाडाैं। विदेशबाट स्वदेश फर्कने नेपालीलाई साथमा दुईवटा मोबाइल ल्याउन दिने व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशबाट फर्कंदा नेपालीले दुईवटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन प्रचण्डले अर्थ मन्त्रालयलाई निर्देशन दिएका हुन्।
प्रचण्डले गत शुक्रबार मात्र विदेशबाट फर्कने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। तर हिजाे (साेमबार) अमेरिकाबाट नेपाल आएका एक नेपालीले ल्याएकाे अतिरिक्त मोबाइल भन्सारले जफत गरेको समाचार चर्चामा थियाे।
यसपछि, विदेशबाट फर्कंदा व्यक्तिगत प्रयोजनका लागि दुई वटा सम्म माेबाइल ल्याउन सक्ने विषयमा कुनै नीतिगत जटिलता भए, त्यसलाई समाधान गर्न उनले निर्देशन दिएका हुन्।
पुष १९, २०७९ मंगलबार १४:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।