नौ ओभरको खेलमा विराटनगर अल आउट, काठमाडाैं ५ विकेटले विजयी

नौ ओभरको खेलमा विराटनगर अल आउट, काठमाडाैं ५ विकेटले विजयी

काठमाडौं : कीर्तिपुरमा जारी नेपाल टी–२० लिगको मंगलबारको नौ ओभरको पहिलो खेलमा विराटनगर सुपरकिंग्स अलआउट भएको छ।

९३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १ बल बाँकी छँदै सबै विकेट गुमाएर ५८ रन मात्र बनाउँदा काठमाडौं नाइट्स ३४ रनले विजयी भयो।

विराटनगरका लागि गौशांशु शर्माले २२, विवेक यादवले १२ र नन्दन यादवले नटआउट ११ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ काठमाडौंका कमल ऐरीले तीन, अनिल खरेल र सुनम गौतमले दुई–दुई तथा बसीर अहमद र अभिनाश बोहराले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो।

उसका लागि सन्दीप रजाली र कमल ऐरीले नटआउट क्रमशः ३२ र १४ रन बनाए। यस्तै, ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्ल्याकीले १३ रन जोडे।

विरान्दीप सिंह ५ रनमा आउट हुँदा लोकेश बम १ र सुनम गौतम ० रनमा पेभेलियन फर्किए।

बलिङमा नन्दन यादवले तीन तथा हुसैन तलट र कियोन जोसेफले एक–एक विकेट लिए।

जितसँगै काठमाडौं अंकतालिकाको तेस्रो स्थानमा कायमै छ भने विराटनगर पनि पुच्छारबाट दोस्रो स्थानमा कायमै छ।

खेलाडीले आर्थिक सुरक्षाको ग्यारेन्टी नभएपछि टस सुरु नगर्दा विराटनगर र काठमाडौंबीचको खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरू भयो। त्यसकारण खेल ९ ओभरमा झारिएको थियो।

पुष १९, २०७९ मंगलबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।