सुत्केरी माया र मातृशोकमा परेका प्रेमले आज सांसद्काे शपथग्रहण गर्दै
काठमाडौं : कांग्रेस सांसद् माया राई र एकीकृत समाजवादीका सांसद् प्रेम आलेले मंगलबार शपथग्रहण गर्दैछन्।
मंगलबार दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा माया र प्रेमले सांसदको शपथग्रहण गरेका हुन्।
आले मातृशोकमा थिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन्।
उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने कार्यक्रम छ।
अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए।
पुष १९, २०७९ मंगलबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।