मिलमा मकै पिस्ने क्रममा करेन्ट लागेर संखुवासभामा एक जनाको मृत्यु
संखुवासभा : संखुवासभाको चैनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–९ त्रिशुलेका २९ वर्षीय शिवकुमार भण्डारी रहेका छन्।
सोमबार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि चैनपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
पुष १९, २०७९ मंगलबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।