खेलाडी र क्यानबीच सहमति, टसपछि ९ ओभरमा झारियाे काठमाडाैं र जनकपुरकाे खेल
काठमाडौं : पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी–२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच सहमति भएको छ। क्यानका पदाधिकारी र नेपाल टी–२० लिगका मालिकहरूले पारिश्रमिक दिने प्रतिबद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका हुन्।
काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ।
खेलाडीले टस गर्न नमानेपछि ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ। खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ।
नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन्।
सम्बन्धित सामग्रीहरू
पुष १९, २०७९ मंगलबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।