राप्रपालाई ‘साना दल’ भनेकोमा प्रवक्ता श्रेष्ठको चित्त दुखाइ
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्ना दललाई साना दल भनेकोमा गुनासो पोखेका छन्।
मंगलबार विहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले चित्त दुखाएका हुन्।
संसदमा २०, १४ र १० सिट ल्याउने दलहरू कसरी साना हुन्छन् भनेर प्रश्न गर्दै उनले पत्रकारहरूलाई यसलाई चलनको रूपमा प्रयोगमा नल्याउन अनुरोधसमेत गरेका छन्।
उनले लेखेका छन्, ‘संसदमा २०, १४ र १० सिट प्राप्त दलहरू कसरी साना दल हुन्छ? यसलाई चलनको रूपमा प्रयोगमा नल्याइदिनहुन विनम्र अनुरोध गर्दछु।’
प्रतिनिधिसभामा १४ सिट पाएको राप्रपा पाँचौं राजनीतिक शक्ति हो।
संसदमा कांग्रेस ८९, एमाले ७९, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४ र एकीकृत समाजवादीका १० सिट छन्।
पुष १९, २०७९ मंगलबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।