कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान् फरार
बागलुङ : निसीखोलामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङकी ३० वर्षीया मीना घर्तीको श्रीमान्को कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीको मृत्यु भएपछि श्रीमान् धनबहादुर घर्ती फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।
फरार घर्तीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।
पुष १९, २०७९ मंगलबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।