जेलभित्रै यौन दुर्व्यवहार, २२ वर्षीय कैदी अस्पताल भर्ना

जेलभित्रै यौन दुर्व्यवहार, २२ वर्षीय कैदी अस्पताल भर्ना

एजेन्सी : भारतको तिहाड जेलमा एक २२ वर्षीय कैदीमाथि भएको यौन दुर्व्यहारको बारेमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ।

आयोगले घटनाका सम्बन्धमा दिल्लीका मुख्य सचिव र तिहाड जेलका महानिर्देशकलाई पत्र पठाएर ४ हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

आयोगले घटनास्थलमा छानबिनका लागि टोली पठाउने निर्णय पनि गरेको छ।

आयोगले पीडित कैदीको हालको स्वास्थ्य अवस्था, गल्ती गर्ने अधिकारी र अभियुक्तलाई भएको कारबाही प्रतिवेदनमा अध्ययन गर्नुपर्ने बताएको छ।

आयोगले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि सचेत गराएको छ।

मिडिया रिपोर्टका अनुसार ३० डिसेम्बरमा तिहाड जेलमा २२ वर्षीय कैदीमाथि सहकैदीद्वारा यौन दुर्व्यवहार भएको थियो।

पीडितको उपचार भइरहेको र अझै अस्पतालमा भर्ना गरि राखिएको बीबीसीले जनाएको छ।

पुष १९, २०७९ मंगलबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।