यी तीन प्रदेशमा हिमपातको सम्भावना, पौने ६ बजे काठमाडौंको तापक्रम ४.२ डिग्री
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था छ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै मंगलबार विहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
पुष १९, २०७९ मंगलबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।