प्राधिकरणले दादागिरी देखाएको भन्दै इन्टरनेट क्षेत्रमा हडताल गर्ने चेतावनी

प्राधिकरणले दादागिरी देखाएको भन्दै इन्टरनेट क्षेत्रमा हडताल गर्ने चेतावनी

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले पोलको भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन्।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएका हुन्। पत्रकार सम्मेलनमा आइएसपानका अध्यक्ष सुधीर पराजुलीले विद्युत् प्राधिकरणले मोनोपोली देखाए हडताल गर्न पछि नपर्ने भन्दै चेतावनी दिए।

उनले कार्रयक्रममा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने र तालाचाबी प्राधिकरणमा लगेर बुझाउने चेतावनी दिए।

कार्यक्रममा दिएको जानकारी अनुसार प्राधिकरणले काठमाडौँ, विराटनगर, इनरुवा, काँकडभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहबीमा इन्टरनेट सेवा प्रदायकहरूको तार काटिएको छ।

उनले प्राधिकरणले कुनै समन्वयन नै नगरी इन्टरनेट फाइबर तार देशैभरि काटिएको दाबी गरे। उनले प्राधिकरणको दादागिरी देखाएको आरोप समेत लगाए।

भाडाकै निहुँमा प्राधिकरणले पटक पटक इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको उनले दाबी गरे।

इन्टरनेट सेवा प्रदायकहरूले बिजुलीको पोल प्रयोग गर्ने गरेका छन्। त्यसबापत विद्युत् प्राधिकरणलाई उनीहरूले निश्चित शुल्क तिर्ने गरेका छन्। तै पनि यी दुबैबिच पछिल्लो समय विवाद बढिरहेको छ।

पुष १८, २०७९ सोमबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।