हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौंः माधव नेपाल
काठमाडाैं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। आजदेखि काठमाडाैंमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बाेल्दै नेपालले आरोप प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए।
‘हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं। नेपाली नागरिकको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं। हामीले ठिक गरेका छौं। दृढताका साथ उभिएका छौं,’ उनले भने।
अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास सफल हुन नसक्दा नयाँ पार्टी खोलेर अघि बढ्नु परेको बताए।
पुष १८, २०७९ सोमबार १५:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।