लुम्बिनी प्रदेशमा माओवादी केन्द्रकाे दल नेतामा महरा निर्वाचित
लुम्बिनीः माओवादी केन्द्रकाे लुम्बिनी प्रदेशकाे दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क) बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा निर्वाचित भएका छन्। भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरूको बैठकले उनलाई दलको नेताको रुपमा निर्वाचित गरेको हो।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका ९ जना प्रदेश सभा सदस्यहरूले उनलाई सर्वसम्मत् रुपमा निर्वाचित गरेका हुन्। महरा निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि उनलाई शुभकामना दिए।
पुष १८, २०७९ सोमबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।